काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स खुला गर्न भन्दै कार्यविधि लागू गरेको छ । 

नेप्सेले  'नेपाल स्टक एक्सचेञ्ज लिमिटेड वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्याविधी ,२०७६' बिहीबारदेखि नै लागू हुने गरी जारी गरिएको एक सूचनामार्फत प्रष्ट्याएको हो । 

नेपालको पूँजी बजारको विस्तार तथा लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत धितोपत्र खरिदबिक्री गर्न पाउने गरी कार्यविधि जारी गरिएको नेप्सेको भनाई छ । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिह साउदले भोलि(शुक्रबार) नै बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरेज सेवा संचालनको अनुमतिका लागि जारी गरिएको कार्यविधि सार्वजनिक गरिने जानकारी दिए । 

साउदले भने–‘वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स आवेदनका लागि भोलि सूचना निकाल्दै छौं ।’