भक्तपुर । भक्तपुर नगरपालिकामा यसअघिका निर्वाचनमा जस्तै यो पटक पनि नेपाल मजदूर किसान पार्टी(नेमकिपा)ले फराकिलो मतान्तरले अग्रता लिएको छ । 

भक्तपुर नगरपालिकाको मेयर पदमा नेमकिपाले २९११ मतसहित अग्रता लिएको हो । 

भक्तपुरमा कांग्रेसका उम्मेद्वारले ३८८, एमालेले २९८ मत ल्याएका छन् । यसरी हेर्दा कांग्रेस र एमालेका उम्मेद्वारको मत जोड्दा समेत नेमकिपाका उम्मेद्वारले  चारगुणा बढी मतसहितको अग्रता बनाएका हुन् । 

भक्तपुर नगरपालिकाको उप प्रमुखमा पनि नेमकिपाले नै अग्रता लिएको छ । उप प्रमुखमा नेमकिपाले २ हजार ९४२ मत प्राप्त गर्दै अग्रता कायम गरेको हो । त्यस्तै उप प्रमुखमा कांग्रेसले २ सय २२ मत र एमालेले ३ सय २० मत ल्याएका छन् ।