काठमाण्डौ । भदौको दोस्रो वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थिर रहेको छ भने कर्जा लगानी बढेको छ। 

नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको भदौ दोस्रो साता (भदौ ४ गतेदेखि भदौ १० गतेसम्म)को तथ्यांकले यस्तो देखाएको छ। 

एनबीएको तथ्यांकअनुसार भदौ दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ। गत भदौ ३ गतेसम्म पनि वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ नै रहेको थियो। 

साउन मसान्तको तुलनामा भदौ ३ गतेसम्म भने वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको थियो। 

यसैगरी भदौको दोस्रो साता वाणिज्य बैंकहरुबाट थप २ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। योसँगै भदौ १० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो। 

भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो थोरै घटेर ८८.४२ प्रतिशतमा झरेको छ। गत भदौ ३ गतेसम्म औसत सीडी रेसियो ८८.४७ प्रतिशत थियो।