काठमाण्डौ । भन्सार विभागले आज सोमबार (चैत १६ गते) बाट भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ। 

विभागले भन्सार नियमावली, २०६४ को नियम ३७ उपनियम १ बमोजिम ६६० जनाका लागि भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त खुलाएको हो। इजाजतपत्र लिनका लागि २१ वर्ष पुगेको हुनुपर्नेछ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सोसरह उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी कम्तीमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ। 

त्यस्तै नेपाल सरकारलाई बुझाउनुपर्ने रकम बाँकी नभएको तथा कुनै पनि फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको हुनुपर्नेछ। 

यो इजाजतपत्रका लागि लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गर्नुपर्नेछ। दरखास्त दस्तुर ३ हजार रुपैयाँ बुझाउनुपर्ने छ।

आउँदो वैशाख ५ गतेसम्म अनलाइन दरखास्त दिइसक्नुपर्नेछ। दोब्बर दस्तुर तिरी वैशाख १२ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ। 

दरखास्त दिन यहाँ क्लिक गर्नुहोस् ।