– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । स्टक ब्रोकर एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट प्रायः दसैँ आफ्नै गाउँघरमा मनाउँछन्। खासगरी दसैँलाई आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने उचि अवसरका रुपमा लिनुपर्ने पनि रानाभाट बताउँछन्। 

रानाभाट दसैँ गाउँघरमै रमाइलो हुने बताउँछन्। उनको पुर्ख्यौली गाउँ कास्कीको एम्जाकोट हो। एम्जाकोट पोखराबाट ३ घन्टाको दूरीमा पर्छ। गाउँले जीवन स्मरण गर्दै उनले भने, ‘हामी गाउँ (एम्जाकोट) बाट पोखरा सरेको केही वर्ष भयो तर दसैँ मनाउन गाउँ नै जाने गरेका छौँ।’ 

दसैँ मनाउने तरिका उमेरअनुसार फरक–फरक हुने रानाभाटको अनुभव छ। गाउँघरमा बाल्यकालमा मनाएको दसैँ निकै सम्झाना लायक रहेको उनको भनाइ छ । ‘दसैँमा पिङ खेल्दा छुट्टै रमाइलो हुन्थ्यो’, उनले भने। 

दसैँको बेला पोखरामा निकै रमाइलो हुने गरेको रानाभाट बताउँछन्। राजधानीबाट छोटो दूरीमा रहेकोले दसैँका बेला पोखरा घुम्न आउनेहरुको संख्या अत्याधिक हुने गरेको उनको भनाइ छ। 

रानाभाट दसैँ गाउँमै रमाइलो हुने बताउँछन्। ‘तिहारमा चाहिँ पोखरा रमणीय हुन्छ’, उनी भन्छन्, ‘देउसीभैलीले पोखरा निकै उल्लाहसमय हुने गर्छ।’ 

तिहारका बेला पोखराको लेकसाइडलगायत अन्य क्षेत्रमा विदेशी पर्यटकको राम्रो उपस्थिति हुने भएकोले पनि छुृट्टै रमाइलो हुने रानाभाटको अनुभव छ। ‘पोखरामा १८ वर्षपहिले पनि १५ हजार रुपैयाँभन्दा बढी देउसीभैली खेलेर पैसा उठाएका थियौँ’, स्कुले जीवनमा खेलेको देउसीभैली सम्झँदै उनले भने, ‘त्यही पैसाले दुईपटक पिकनिक गएर रमाइलो गरेका थियौँ।’ 

दसैँको बिदा सकिएलगत्तै कार्यालय सञ्चालनका लागि आफू काठमाण्डौ फर्किने रानाभाटले सुनाए।