काठमाण्डौ । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफरको रुपमा “भायानेट बडा दशैंमा बडा टिभी” योजना सार्वजनिक गरेको छ। 

कम्पनीकाअनुसार नेपालीहरुको महान चाँड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इञ्चको स्काईवर्थ लिड टीभीको साथमा ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. ४१९९० मा प्राप्त गर्न सक्नेछन् । 

यस्तै, ३२ इञ्चको स्काईवर्थ लिड टिभीको साथमा ३० एमबीपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. २८,९९० प्राप्त गर्नेछन् ।

यस वर्षको चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु. ६५० सम्मको क्यास भाउचर प्रदान गर्ने र पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्त गर्ने बताइएको छ । 

भायानेटको दाबी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने छन् र भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने  लिड टिभीमा स्मार्ट टिभीको फिचरको मज्जा लिन सकिनेछ।