काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको छ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टीतेल ४.०१ रुपैयाँ र हवाई इन्धनमा ४.७७ रुपैयाँ बढेर आएको छ। एलपी ग्यासको मूल्य भने केही घटेर आएको नेपाल आयल निगमले जनाएको छ। गत आइतबार नै पेट्रोलियम पदार्थ मूल्य बढेर आएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
योसँगै निगमलाई १५ दिन (पाक्षिक)मा प्रतिलिटर डिजेलमा १२.१४ रुपैयाँ र खाना पकाउने ग्यासमा २२८.८४ रुपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा छ।
निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय पनि गरेको छ।
ग्यासमा भएको घाटा समायोजन गर्दासमेत निगमलाई १५ दिनमा १८ करोड नाफा हुने भएको छ। अघिल्लो पटक निगमले १५ दिनमा ३९ करोड नाफा हुने प्रक्षेपण गरेको थियो।
आईओसीले हरेक महिना १५/१५ दिनमा निगमलाई नयाँ मूल्य पठाउने गर्छ। उसले पठाउने मूल्यसूची अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ।
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago