काठमाण्डौ । भारत सरकारले नेपाललाई कोरोनाभाइरसविरुद्धको खोपको १० लाख डोज अनुदानमा दिने भएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले यसबारेमा जानकारी गराएका हुन्। अनुदानमा पाइने खोप भोलि बिहीबारबाट नेपाल आउन थाल्ने मन्त्री त्रिपाठीले जानकारी गराएको छ।
पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुलाई खोप दिइने पनि त्रिपाठीले स्पष्ट पारेका छन्। उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, चालक र सुरक्षाकर्मीलाई खोप दिइने उनको भनाइ छ।
अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। सोही खोप भारतले नेपाल पठाउने भएको हो।
भारतको विदेश मन्त्रालयले हिजो नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदानस्वरूप कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
7 minutes ago
21 minutes ago
34 minutes ago
46 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago