काठमाण्डौ । अहिले विश्वभर कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिएको छ।

विश्वका सबै देश कोरोनाविरुद्ध अघोषित लडाइँमा लागेका छन्। यो लडाइमा विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि होमिएको छ। तर उसले पनि यसमा सफलता हासिल गर्न सकिरहेको छैन। 

अमेरिकामा कोरोनाले भयावह स्थिति सिर्जना गरेको छ। कोरोनासँगको लडाइँमा अमेरिकाले यतिबेला भारतसँग सहयोग मागेको छ। 

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफान संवाद गरेका छन्। टेलिफोन संवादका क्रममा कोरोनाविरुद्धको लडाइमा सामूहिक लडाइँ लड्ने विषयमा चर्चा गरिएको थियो। 

छलफलका क्रममा राष्ट्रपति ट्रम्पले भारतसँग सहयोगको अपिल गरेका छन्। उनले भारतीय प्रधानमन्त्री मोदीलाई हाइड्रोक्सिक्लोरोक्विन ट्याबलेट पठाउन आग्रह गरेका छन्। यो औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको छ। 

कोरोनाभाइरस टास्क फोर्ससँग जोडिएको प्रेस ब्रिफिङमा ट्रम्पले मोदीसँग भएको कुुराकानीमा रोकिएको हाइड्रोक्सीक्लोरोक्विन ट्याबलेट चाँडोभन्दा चाँडो पठाउन अनुुरोध गरेको बताएका छन्। उनले आफू पनि यो ट्याबलेट प्रयोग गर्ने भनेका छन्। 

“म पनि यो औषधि सेवन गर्न सक्छुु। यसका लागि मैले मेरो डाक्टरसँग सल्लाह गर्नुुपर्छ”, उनले अगाडि भने, “भारतले यो औषधिको उत्पादन ठूलो मात्रामा गर्ने गर्छ। उनीहरुको जनसंख्या १ अर्बभन्दा धेरै भएकाले उनीहरुलाई पनि यसको आवश्यकता पर्न सक्छ। त्यसैले मेलै भारतलाई अमेरिकालाई पनि औषधि पठाए आभारी हुुने भनेको छुु।” – एजेन्सी