काठमाण्डौ । सरकारले भारतसँग किनेको कोरोनाभाइरसविरुद्धको खोप आज आइतबार काठमाण्डौ ल्याइँदैछ। 

स्वास्थ्य मन्त्रालय कोभिशिल्ड खोपको पहिलो लटमा १० लाख डोज आज दिउँसो काठमाण्डौ ल्याइँदैछ। सरकारले भारतसँग २० लाख डोज खोप किनेको छ । 

पहिलो लटको खोप एयर इन्डियाको विमानबाट दिउँसो १ः३० मा नयाँदिल्लीबाट काठमाण्डौ ल्याइने मन्त्रालयले जनाएको छ। खोप काठमाण्डौ आइपुगेपछि त्रिभुवन विमानस्थलबाट सीधै टेकुमा भण्डारी गनिेछ। त्यसपछि यही फागुन २३ गतेबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने मन्त्रालयले जनाएको छ। 

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो।