काठमाण्डौ । भारतीय सेयर बजारले मंगलबार फेरि नयाँ उचाइ चुमेको छ।
अघिल्लो दिन सोमबारको अलटाइम हाईलाई ब्रेक गर्दै भारतीय सेयर बजार फेरि नयाँ उचाइमा पुगेको हो। सेन्सेक्स आज १७७ अंकले बढेर ६२६८१ को विन्दुमा बन्द भएको छ। जुन अहिलेसम्मकै उच्च हो।
यसअघि सोमबार सेन्सेक्स २११ अंकले बढेर ६२५०४ को विन्दुमा बन्द भएको थियो।
त्यसो आज इन्ट्रोडेमा सेन्सेक्स ६२८८७.४ को विन्दुमा पुगेको छ। हिजो सोमबार पनि कारोबार समयमा सेन्सेक्स ६२७०१.४० को विन्दुसम्म पुगेको छ।
सेन्सेक्समा आज ३० वटा सेयरमध्ये १५ वटामा बढोत्तरी भएको छ भने १५ वटामा गिरावट आएको छ।
आज निफ्टी पनि नयाँ उचाइमा पुगेको छ। आज निफ्टी ५६ अंकको बढोत्तरीका साथ १८६१८ मा बन्द भएको छ। हिजो ५० अंकको उछालका साथ १८५६२ को विन्दुमा बन्द भएको थियो। –एजेन्सी
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago