काठमाण्डौ । एसियाली सेयर बजारमा सोमबार चमक आएको छ। भारतीय सेयर बजार भने उछाल नै आएको छ। 

यो समाचार तयार पार्दासम्म सेन्सेक्स ४०० अंक बढी बढेको छ। योसँगै सेन्सेक्स ६२ हजार ९०३ को विन्दुमा उक्लिएको छ। 

सेन्सेक्स आफ्नो अटा टाइम हाईको नजिक पुगेको छ। यसअघि सेन्सेक्स सन् २०२२ को डिसेम्बरमा ६३ हजार ५८३ को विन्दुमा पुगेको थियो। जुन अहिलेसम्मकै उच्च हो। 

यसैगरी अहिलेसम्म निफ्टी–५० पनि ११० अंकले बढेर १८ हजार ६०९ को विन्दुमा उक्लिएको छ भने बैंक निफ्टी ३७२ अंकले बढेर ४४ हजार ३९० को विन्दुमा पुगेको छ।

विश्वकै ठूलो अर्थतन्त्र अमेरिका डिफल्ट हुने सम्भावना टरेको खबर आइरहेको छ। यसको प्रभाव एसियाली सेयर बजारमा परेको देखिन्छ। 

यसैबीच एसियाली बजारमा पनि आज चमक देखिएको छ। अहिलेसम्म जापानको निक्की २२५ मा ३१७ अंकको बढोत्तरी भएको छ। योसँगै निक्की–२२५ ३१ हजार २२३ को विन्दुमा उक्लिएको छ। यो भनेको ३३ वर्षयताकै उच्च अहिलेसम्मकै उच्च हो। 

त्यस्तै दक्षिण कोरियाको कोस्पीमा ४ अंक र चीनको सांघाईमा ७ अंकको बढोत्तरी भएको छ। 

हङकङको सेयर बजारमा भने सामान्य गिरावट आएको छ। –एजेन्सी