काठमाण्डौ । भार्गव विकास बैंकले आगामी असोज २७ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले सो दिन आफ्नो १० औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

सभामा ५.५५५६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव एजेण्डाको रुपमा प्रस्तुत हुनेछ । यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि ०.२९२४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत सभाले पारित गर्ने कार्यक्रम रहेको छ । 

सभाले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, जारी पूँजी वृद्धि लगायतको प्रस्ताव समेत पारित गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, कम्पनीले साधारणसभाको प्रयोजनका लागि असोज १९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ असोज १८ गतेसम्म कायम बैंकका सेयरधनीले मात्र साधारणसभामा सहभागी बन्न पाउनेछन् ।