काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर (जारी पुँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र जारी पुँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि)को सार्वजनिक निष्कासन गर्ने भएको हो। यो आईपीओको निष्काशनकर्ता तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।
“राष्ट्रको समृद्धिको लागि ऊर्जा” भन्ने नाराका साथ विभिन्न पेसाकर्मी र अनुभवी व्यक्तित्वहरु एकजुट भएर भिजन इनर्जी एन्ड पावर लिमिटेड नामक कम्पनीको स्थापना भएको हो। संस्थागत सुशासन तथा संस्कृतिलाई व्यवहारमै उच्च प्राथमिकतामा राख्दै सोहीअनुसार अघि बढिरहेको यो कम्पनीले आईएसओ ९००१ः२०१५ प्रमाणपत्रसमेत प्राप्त गरेको छ।
यो कम्पनीले ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, बायो ग्यासजस्ता वैकल्पिक ऊर्जा स्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरुमार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरु आफैँ निर्माण गर्ने गर्दछ।
हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गापा–१ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ। आयोजनाको कुल हेड १००३.५० मिटर र डिजाइन डिस्चार्ज ७.११ एम३/सेकेन्ड रहेको छ। उच्च हेड भएर यो अवस्थासम्म निर्माण भइरहेको नेपालको यो पहिलो आयोजना हो।
विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यस कम्पनीले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिसकेको छ। सरकारी स्वामित्व रहेको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न दृढतापूर्वक अगाडि बढिरहेको छ।
1 minute ago
29 minutes ago
39 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago