काठमाण्डौ । एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो भी र वाई सिरिजका ४ वटा स्मार्टफोन भी२३ई (१२८जीबी र २५६ जीबी), वाई५३एस, वाई२०एस र वाई१५सी को मूल्य भारी मात्राले घटाएको छ। यो नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र ई–कमर्स वेबसाइटहरुमा लागू हुनेछ। 

यी स्मार्टफोनको नयाँ मूल्य सूची यस प्रकार छन्

भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा हामी हाम्रा उपभोक्ताहरुको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरुमा उनीहरुको पहुँच बढाउन निरन्तर लागि परेका छौँ। हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौँ। दुवै भी र वाई सिरिजका स्मार्टफोनहरु किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरु रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो।’

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ। जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्रेटजस्ता विभिन्न पोट्र्रेट मोडहरु छन्। यसमा ८जीबी र्याम छ र रोममा दुई विकल्पहरु– १२८जीबी र २५६जीबी छन्। यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ। यसबाहेक भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ। यसमा फेनटच ओएस१२ छ।

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ। जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरुमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ। यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टीबीसम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीबी र्याम र एक्सटेन्डेबल र्याम छ। 

निर्वाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै वाई१५सीमा ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्ले छ र यसमा आई प्रोटेक्सन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरालगायत उल्लेखनीय विशेषताहरु समावेश छन्। 

वाई२० एस मा ४जीबी र्याम र १२८ जीबी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो। यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ। यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिङ रहेको छ।