काठमाण्डौ । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले 'वाइ-२०' नेपाली बजारमा ल्याएको छ । 

एआइ ट्रिपल म्याक्रो क्यामेरा र ५ हजार एमएएच ब्याट्री क्षमताको यो सेट अनलाइन प्लेटफार्म दराजबाट बिक्री सुरू गरिएको कम्पनीले जनाएको छ।

साइड फिंगर प्रिन्ट, फेस सेन्सर अनलक सुविधासँगै १३ र २-२ मेगापिक्सेलका क्यामेरा रहेको सेटमा एआइ पावर सेभिङ प्रविधि रहेकाले ब्याट्री लामो समय टिक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। १० वाट चार्जरको साथ उपलब्ध सेटमा ब्याट्रीलाई रीभर्स रीचार्ज पनि गर्न सकिन्छ।

फोटो खिच्न छनोटमा थुप्रै अप्सन रहेको यो सेटमा सेल्फी मोडका लागि आकर्षक फीचर छन्। ओबसिडियन ब्ल्याक र नेबुला ब्लु रंगमा उपलब्ध हलुका र पातलो आकारको सेट हाइ डेफिनेसन गेमिङ र मोबाइलबाटै फिल्म हेर्न रुचाउनेहरूका लागि आकर्षक रहेको कम्पनीले जनाएको छ।

यसमा अल्ट्रा गेमिङ मोड पनि छन्। ६.५१ इन्च हलो डिस्प्ले, स्न्याप ड्रयागन प्रोसेसर, ३ जिबी र्यारम, ६४ जीबी स्टोरेज क्षमता रहेको सेटलाई स्टोरेज माइक्रो एसडी कार्ड थपेर २५६ जीबीसम्म बनाउन सकिन्छ।

२० हजार ९ सय ९९ रूपैयाँ मूल्य रहेको भीभो वाइ-२० को बिक्री दराज अनलाइनबाट सुरु गरिएको कम्पनीले जनाएको छ।