काठमाण्डौ ।  विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो V   सिरिजको नयाँ vivo V20  आज नेपाली बजारमा उपलब्ध गराएको छ । V20  मा रहेको 44MP Eye Autofocus क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी Autofocus (AF) सक्षमताहरुका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।

नयाँ  V20  स्लिम र लाईटवेट पनि छ र 7.38mm Ultra Sleek AG Glass  रहेको छ जसले युवा प्रयोगकर्ताहरुको दु्रत गति जीवनशैलीलाई सहजता दिलाउँछ । उक्त स्मार्टफोनमा 64MP क्यामेराको साथमा Super Night Mode रहेको छ जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरीय तस्वीर प्रदान गर्दछ । यो 33W FlashCharge क्षमता द्वारा समर्थित छ जसले  V20 लाई दिनभर प्रयोगमा रहन सक्षम बनाउँछ ।

भिभो नेपाल भन्छ, “भिभो सधैं परिवर्तन हुने समय र ग्राहकहरुको व्यवहार, आवश्यकता र प्राथमिकताहरुको साथमा विकसित हुने कुरामा विश्वास गर्दछ । हामी सेल्फी क्रेज, फोटोग्राफी चलन र रचनात्मक मस्तिष्कहरुको आवश्यकताहरु बुझ्छौं ।  V20 को साथमा, भिभो आफ्नो उत्कृष्ट नयाँ विशेषता र डिजाईनहरुबाट प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन र नयाँपन ल्याउन तयार रहेको छ । V20  मा Autofocus  क्यामेरा क्षमताहरुको साथ अल्ट्रा–स्लिक र आर्कषक डिजाईन रहेको छ ।”

V20  दुबै डिजाईन एक्सेसोरी र द्रुत गतिशील उपयोगकर्ताहरुको लागि एक शक्तिशाली कम्प्यूटिंग उपकरणको रुपमा निर्माण गरिएको छ । यसमा केहि विशेषताहरु विचारपूर्वक राखिएको छ जुसले प्रयोगकर्ताहरुलाई सदा परिवर्तनशील वातावरणमा व्यस्त राख्दछ र मनोरञ्जन प्रदान गर्दछ ।

V20   बजारमा आज आइतबारबाट रु. ४७,९९० मा उपलब्ध रहनेछ । 

भिभो विश्वमा नै अग्रणी टेक्नोलोजी कम्पनीहरु मध्ये एक हो जुन स्मार्ट डिभाईस र दक्ष सेवाको साथ एकीकृत व्यवसायको रुपमा अघि बढिरहेको छ ।