काठमाण्डौ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले आज आफ्नो नयाँ भी२० सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी२० एसई नेपाली बजारमा भित्राएको छ।

ग्राहकले थप विशेषताहरु प्रदान गर्ने प्रतिबद्धता राख्दै भी२० सिरिजले उत्कृष्ट क्यामेरा, आर्कषक डिजाइन र सशक्त प्रदर्शनी प्रदान गर्दछ। युवा पुस्ता र फेसनलाई ध्यानमा राख्नेहरुलाई लक्षित गरी भिभो भी२० एसई निर्माण गरिएको कम्पनीले जनाएको छ। 

भी२० एसईमा ३२ एमपी सुपर नाइट सेल्फी क्यामेयराका साथमा Aura स्क्रिन लाइट रहेको छ। जसले गर्दा प्रयोगकर्ताले राति वा अँध्यारोमा पनि स्पष्ट तस्बिरहरु लिन सक्ने कम्पनीको दाबी छ। यस स्मार्टफोनमा रहेको Sleek Magical Designका साथमा ७.८३ एमएम थ्रीडी बडीले ग्राहकको जीवनशैलीलाई थप बढवा गर्ने कम्पनीको भनाइ छ। यसमा रहेको ३३डब्ल्यू फ्ल्यास चार्जर क्षमताले ग्राहकलाई दिनभरि स्मार्टफोन सेवालिन सक्षम बनाउने कम्पनीले जनाएको छ। 

यो स्मार्टफोन नेपालमा ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ।