काठमाण्डौ। भिभोले आज भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ।

भिभोले प्रि–बुकिङका लागि उपलब्ध गराएको ४ दिनमा ६०० भन्दा बढी भी२५ सिरिजको प्रि–बुकिङ भएको छ। भी२५ र भी२५ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ। जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ। यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढी आकर्षक बनाउँछ। 

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोमा हामी युवा प्रयोगकताहरुका लागि नवीनतम, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन समायोजन गरेर उनीहरुको व्यक्तित्व झल्काउने स्मार्टफोन प्रदान गर्दछौँ। भिभोको वर्षौंको अनुसन्धान र नवीनताको संयोजक भी२५ सिरिजमा यी सबै विशेषताहरु छन्। जसले प्रयोगकर्ताहरुको व्यक्तित्व अझ झल्काउनेछ। यसका साथै हामीले ग्राहकहरुका लागि दसैँतिहार योजना पनि ल्याएका छौँ। जसमा ग्राहकहरुले हरेक भिभो मोबाइलको खरिदमा आकर्षक उपहार जित्न सक्नेछन्।’ 

भिभोले भदौ २३ गतेदेखि ‘दसैँतिहार भिभोको साथमा उपहार हातमा’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा, २ जनाले भी२५ फाइभजी जित्न सक्नेछन्। त्यस्तै हरेक हप्ता १ जनाले वाई१५सी जित्न सक्नेछन् र हरेक दिन एकजनाले भिभोको टीडब्लूएस २ई नेकब्यान्ड, हरेक दिन ३ जनाले एनकरको यू२आई नेकब्यान्ड र ४ जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा सियोर सटमा ६ महिनाको वारेन्टी पाउन सक्नेछन्। 

यो योजना कात्तिक १४ गतेसम्म लागू हुनेछ। त्यसैले मौकाको फाइदा उठाउनुहोस् र आजै भिभो मोबाइल खरिद गर्नुहोस्। 

त्यस्तै हालै सार्वजनिक भएको भी२५ श्रृंखलामा उत्कृष्ट क्यामेरा क्षमता छ। भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ। रियर क्यामेरामा हाइब्रिड इमेज स्टेबिलाइजेशन छ। जसले क्लियर भिडियो रेकर्ड गर्न अनुमति दिन्छ। साथै भी२५ सिरिजमा बोकेह फ्ल्येर पोट्र्रेट लगायत अन्य क्यामेरा विशेषताहरु छन्। भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ। 

यसका साथै भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ। जसले प्रयोगकर्तालाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ।

भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ। जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ। यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्रा भिजन स्क्रिन लगायतका विशेषताहरु छन्।  

भी२५ फाइभजी –अक्वामेरिन ब्लू र डायमन्ड ब्ल्याकमा रु. ५२ हजार ९९९ उपलब्ध छ र भिभो भी२५ई –सनराइज गोल्ड र डायमन्ड ब्ल्याकमा रु. ४२ हजार ९९९ मा उपलब्ध छ।