काठमाण्डौ । एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेदेखि नै प्रयोगकर्ताहरुको विश्वास र माया प्राप्त गर्दै आइरहेको छ। 

नेपालीहरुको महान पर्व दसैँतिहारलाई लक्षित गर्दै भिभोले प्रयोगकर्ताहरुको जीवनमा उत्साह र उमंग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि ‘दसैँतिहार भिभोको साथमा, दैनिक उपहार हातमा’ योजना ल्याएको हो।   

भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो। जसअन्तर्गत दुई भाग्यशाली प्रयोगकर्ताले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन्। यसका साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टीडब्ल्यूएस २ई, हरेक दिन तीनजनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजारभन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्नेछन्। 

यस योजनाअन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन्। यस योजना सीमित अवधिका लागिमात्र उपलब्ध छ। ‘र, योजना सक्किनमात्र केही समय बाँकी छ तर हामीसँग अझै हात खाली नजाने उपहारहरु छन्’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले छिट्टै भिभो मोबाइल खरिद गरेर आफू र आफ्ना प्रियजनहरुका लागि भिभोका विशेष उपहार जित्नुहोस् र चाडपर्वलाई अझै रमाइलो बनाउनुहोस्।’ 

यस योजनामार्फत भिभोले प्रयोगकर्तालाई विशेष महसुस गराउने र चाडपर्वमा उमंग थप्ने कोसिस गरेको छ। यसका साथै, यस योजनामा सहभागिताको सहजता र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न भिभोले चाडपर्वका अफरमा सहभागी हुने प्रक्रियालाई सहज बनाएको छ। 

दसैँको लक्की ड्रमा सहभागी हुनका लागि प्रयोगकर्ताले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ वा www.vivodashain.com मा गएर फारमको विवरण पेस गर्नुपर्नेछ र केही सेकेन्डमा प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुन्छ। हालसम्म १५हजारभन्दा बढी ग्राहकहरु यस योजनामा सहभागी भइसकेका छन्। यी आकर्षक अफरहरु यही ३१ अक्टोबरसम्म मात्र उपलब्ध छ।