काठमाण्डौ । इन्डस्ट्री लिक्सको अनुसार भिभोले भी शृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

भी२३ फाइभजी चाँडै नै नेपाली बजारमा उपभोक्ताका लागि उपलब्ध हुनेछ। टिपस्टरहरुले भी२३ फाइभजी विशिष्ट रङ परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने खुलासा गरेका छन्। 

भी शृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ। यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफीप्रेमी, डिजिटल सामग्री सिर्जनाकर्ता र भ्लगरहरूका लागि उपयुक्त हुनेछ।

प्राप्त जानकारीअनुसार भिभो भी२३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटोफोकस पोट्रेट सेल्फी सुविधाका साथ सुसज्जित हुनेछ। उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिरमात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको मज्जा पनि थप्नेछ। 

भिभोले पहिले नै मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको छ। त्यसैले आगामी भी सिरिजको स्मार्टफोनले उपभोक्ताहमाझ हलचल मच्चाइरहेको छ। 

भी२३ फाइभजीले ब्रान्डलाई स्मार्टफोन उत्साहीहरुका बीच यसको अद्भूत विशेषताले गर्दा अग्रगामीका रूपमा स्थान दिनेछ भन्ने हल्ला बजारमा चलिरहेको छ।

यसबाहेक भिभोले पछाडिपट्टि अद्भुत रङ परिवर्तन हुने ग्लास फिचर गरेको छ। जसले उपकरणलाई ग्राहकका लागि आकर्षक वस्तु बनाएको हल्ला छ। कोही भन्छन् कि यसको रुप–रङ एक साँचो दृश्य आनन्द हुनेछ। जसले स्मार्टफोन डिजाइनको कथालाई रुपान्तरण गरेको छ। 

ब्रान्डले वास्तवमै यस गोर्जस स्मार्टफोनमा सबैभन्दा स्टाइलिस सुविधाहरु ल्याइरहेको छ। स्मार्टफोनले प्रयोगकर्ताको व्यक्तित्व झल्काउने भएकाले भिभोले राम्रो देखिने उपकरणको आवश्यकतालाई महसुस गरेको छ।