काठमाण्डौ । भिभोले चाँडै वाई सिरिजअन्तर्गत थप दुई मोडलका स्मार्ट फोन वाई३३ एस र वाई०१ सार्वजनिक गर्ने भएको छ। 

आगामी दिनमा सार्वजनिक हुन लागेका वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकर्ताहरुका लागि गुणस्तरीय र नवीन सुविधाहरुका साथ आउने अपेक्षा गरिएको छ।

भिभोको वाई३३एसमा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ। जसमा फोटोग्राफर, सामग्री सिर्जनाकर्ता र सामाजिक सञ्जाल उत्साहीहरुले सम्भव भएसम्म हरेक पल कैद गर्न सक्नेछन्। अल्ट्रा–क्लियर सटहरु लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै सुटिङ मोडहरु पनि यसमा छन्। 

यो स्मार्टफोनमा बढी क्षमताको ब्याट्री छ। जुन ५००० एमएएच हुन सक्छ। जसले प्रयोगकर्तालाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराउँदै सबै अविस्मरणीय क्षणहरु खिच्न सक्ने सुनिश्चित गर्दछ।

समकालीन स्टाइल तथा स्लिक स्मार्टफोनहरुमा स्विच गर्न चाहने पछिल्ला पुस्ताका लागि भिभोसँग सबैभन्दा स्टाइलिस र ट्रेन्डी स्मार्टफोनहरु सार्वजनिक गर्दै आएको छ। 

अर्कोतर्फ ५००० एमएएचको लामो समयसम्म टिक्ने ब्याट्री लाइफका साथ वाई०१ अन–द–गो पुस्ताका लागि उत्कृष्ट स्मार्टफोन हो। यसमा क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवका लागि फोनमा ६.५१ इन्च एचडी प्लस हेलो फुलभ्यू डिस्प्ले रहने बताइएको छ।

यो फोन भिभोको अत्याधिक सक्षम फेस एक्सेस टेक्नोलोजीका साथ आउनेछ। जसले फोनलाई आँखा झिम्काउन सक्नेभन्दा छिटो अनलक गर्छ र हरेक पटक आकर्षक रुपमा काम गर्दछ।