काठमाण्डौ। स्मार्टफोन ब्रान्ड भिभोले आज भिभो भी२३ई को मूल्य घटाएको घोषणा गरेको छ।

यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोनमध्ये एक हो। भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रुपमा रु.४१ हजार ९९९ र  ८+२५६ जीबी संस्करण रु.४६ हजार ९९९ मा उपलब्ध छन्। यी दुवै संस्करणमा रु. ३००० ले मूल्य घटेको छ र नयाँ मूल्य मे १ देखि देशभरका सबै रिटेल स्टोर र ई–कमर्स वेबसाइटमा लागू हुने कम्पनीले जनाएको छ। 

भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी सधैँ हाम्रा प्रयोगकर्ताको आवश्यकता पूरा गर्न लागिपरेका छौँ। यो मूल्य घटेको घोषणासँगै हामी नेपालको ग्राहकका लागि हाम्रो प्रतिबद्धता पूरा गर्न सक्षम हुनेछौँ भन्ने आशा गरेका छौँ। भी२३ई उद्योगको अग्रणी फ्रन्ट क्यामेरा र नवीन प्रविधिका साथ डिजाइन गरिएको छ र हामी यस लोकप्रिय उपकरणको मूल्य घटेको घोषणा गर्न पाउँदा उत्साहित छौँ, जसले प्रयोगकर्तालाई सुन्दर तथा रचनात्मक तस्वीरहरु खिच्न मद्दत गर्नेछ।’

हालै बजारमा सार्वजनिक गरिएको भी२३ई मा ५०एमपी अटोफोकस सेल्फी पोट्र्रेट छ। यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्र्रेट, मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न पोट्र्रेट मोडहरु रहेका छन्। 

भी२३ई को रियर क्यामेरामा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ। सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दौ उत्कृष्ट प्रदर्शन गर्दछ।

भी२३ई ८जीबी र्याम र १२८जीबी वा २५६जीबी रोममा उपलब्ध छ। प्रयोगकर्ताले विस्तारित र्याम २.० को सहायताले १२जीबीबराबरको अनुभव प्राप्त गर्न ८जीबी र्यामलाई विस्तार गर्न सकिन्छ। यसबाहेक यस स्मार्टफोन ४०५०एमएएच ब्याट्रीद्वारा संचालित छ जसमा ४४ वाट फ्ल्यसचार्ज छ। 

भिभो भी२३ई मा फनटच ओएस १२ रहेको छ। जसमार्फत प्रयोगकर्ताले होम स्क्रिनलाई पूर्ण रुपमा कस्टुमाइज्ड गर्न सक्छन्। ७.४१एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइनले भी२३ई लाई आकर्षक लुक र उत्कृष्ट अनुभव प्रदान गर्दछ। स्मार्टफोनको रङ फ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट रङका आधारमा छनोट गरिएको छ।