काठमाण्डौ। भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ।

आजका युवाहरु यस्तो स्मार्टफोन खोजिरहेका छन्। जसले क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादनलगायतका सबै ‘कूल’ आवश्यकताहरु पूरा गर्ने सक्छन्। तथापि, तिनीहरु यी सबै विशेषताहरु यस्तो मूल्यमा चाहन्छन् जुन सुलभ र उचित होस्। 

वाई सिरिज युवाकेन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिहरुका लागि डिजाइन गरिएको हो। वाई५५ ले फेसनेबल तथा सुरुचिपूर्ण डिजाइन प्रदान गर्दछ। यसका साथै यसमा फ्ल्यागसिप स्मार्टफोनहरु जस्तै विशेषताहरु छन्।

वाई५५ उत्कृष्ट विशेषताहरुको साथ उचित मूल्यमा उपलब्ध स्मार्टफोन हो जसले कम्पनीको विश्व प्रसिद्ध फ्युचरिस्टिक र उत्कृष्ट डिजाइन प्रदान गर्दै प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ। आजको नयाँ पुस्ताका लागि भिभो वाई५५ किन लोकप्रिय फोन बन्न सक्छ। 

आउनुहोस् यसको विशेषताहरुका बारेमा कुरा गरौँ–

लामो समयसम्म टिक्ने ब्याट्री

वाई५५ मा ५०००एमएएच ब्याट्री छ। जसले गर्दा फोन दिनभर निर्बोध रूपमा चलिरहन्छ। उत्कृष्ट प्रदर्शन र सुविधाहरुमात्र नभएर लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने व्यक्तिहरुका लागि यो उपकरण उत्तम विकल्प हुनसक्छ। कम ब्याट्रीले सिर्जना हुने अवरोधहरुलाई यस फोनको ५००० एमएएच ब्याट्रीले समाधान गर्दछ र गेमिङ, स्ट्रिमिङलगायत दैनिक कार्यहरु निर्धक्क भएर गर्न सक्नेछन्। यसमा भएको ४४ वाट फ्ल्यासचार्ज फोनको सान्दर्भिकता थप्छ। फ्ल्यासचार्जले फोनलाई धेरै छोटो अवधिमा चार्ज गर्नेछ र ब्याट्री दिनभर मज्जाले टिक्छ। वाई५५ मा आवश्यक कार्यहरुका लागि ब्याट्री सकिने चिन्ता लिनुपर्दैन वा उपकरणलाई लगातार चार्जमा राख्न आवश्यक पर्दैन।

शक्तिशाली प्रदर्शन

क्वालकम स्न्याड्रेगन ६८० ६एनएम प्रोसेसर मार्फत वाई५५ ले शक्तिशाली प्रदर्शन सुनिश्चित गर्दछ। यस प्रोसेसरको साथ, गेमिङ, स्ट्रिमिङ वा काम लगायत सबै कार्यहरु सहज, थप सुव्यवस्थित र छिटो हुन्छ र बहु–कार्यहरु गर्न पनि सजिलो बनाउँछ। यसबाहेक उपकरणमा एक्सटेन्डेड र्याम २.० छ जसले सफ्टवेयरको स्टार्ट–अप गति सुधार गर्दछ र एकै समयमा धेरै अनुप्रयोगहरु चलाउन समर्थन गर्दछ। 

यसका साथै यसलाई उपयुक्त बनाउन स्मार्टफोनमा भएको ८जीबी र्यामलाई अझ ४जीबीसम्म थप्न सकिन्छ। 

यसैगरी भिभोले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ। यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र एपिरियन्सलाई लाई बढाउँछ र उत्कृष्ट डिजाइन प्रदान गर्दछ।

उत्कृष्ट तस्बिर

वाई५५ मा ५०एमपी रियर क्यामेरा छ। जसले भिभोको इमेज टेक्नोलोजीलाई यसको उत्कृष्ट क्यामेरा नवीनताद्वारा कम्प्लिमेन्ट गर्दछ। यस उपकरणमा धेरै क्षमताहरु छन्। जसमार्फत प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार जुनकुनै बेला उत्कृष्ट फोटो खिच्न सक्छन्। डबल एक्सपोजरबाट तपाईंलाई छुट्टै दृश्यहरु, एक्सपोजरका दुई तहहरु, वा दुईवटा फोटोहरु संयोजन गर्न सक्नेछन्। यो एक प्रयोग –गर्न–सजिलो विशेषता हो जसले तपाइँको कल्पनालाई सार्थक बनाउँछ। अल्ट्रा–स्टेबल भिडियोले वाई५५ मा ईआईएस मानक स्थिरीकरण एल्गोरिदमसँग जाइरोस्कोप संयोजन गर्दछ र परिणामस्वरूप स्थिर र स्पष्ट छविहरु दिन्छ।

वाई५५ मा १६एमपी फ्रन्ट क्यामेरा छ जसले सेल्फी अनुभवलाई एकदमै नयाँ बनाउँछ। सुपर नाइट मोड र औरा स्क्रिन लाइटजस्ता सुविधाहरुले प्रयोगकर्ताको अनुहारलाई उज्यालो बनाएर मधुरो प्रकाश अवस्थामा सेल्फ–पोट्र्रेटहरुलाई धेरै सुधार गर्न प्रस्ताव गर्दछ र अतुलनीय अनुभव प्रदान गर्दछ। यसकारण भिभो वाई५५ ले उद्योगमा एक उच्चस्तरीय स्मार्टफोन क्यामेराको अहोदा हासिल गरेको छ।