काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवनप्रकाश लिम्बु र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकका ग्राहकले सेलपेमा आफ्नो खाता आवद्ध गर्नेबित्तिकै रु.१०० को मोबाइल रिचार्ज (टप–अप) पाउने र सेलपेमार्फत विभिन्न भुक्तानीहरु गर्दा आकर्षक लोयल्टी पोइन्ट पनि पाउने छन् ।

सेलपे सेलकम प्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबका माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ ।

ग्राहकले सेलपेमा आवद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट लक्ष्मी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टीभीहरुको बिल भुक्तानी गर्न सकिनेछ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले १२० शाखा र १४५ एटीएममार्फत ग्राहकलाई सेवा पुर्याउँदै आएको छ ।