काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। यो आईपीओका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। 

हाल भुजुङ हाइड्रोपावरको अधिकृतपुँजी रु. ५० करोड, जारी पुँजी रु. ४३ करोड र चुक्तापुँजी रु. ३२.७२५ करोड रहेको छ। 

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ। आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५% अर्थात रु. ५.८५ करोडको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। 

यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ।