काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) द्वारा भारतीय राजदूतावास र फ्रन्चाइज इण्डियाको सहकार्यमा बुधबारदेखि काठमाडौमा नेपाल इण्डिया फ्रेञ्चाइज इन्भेष्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ आयोजना हुने भएको छ । 

कार्यक्रमको पहिलो दिन विभिन्न विषयहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागितामा वृहत छलफल हुने बताइएको छ । 

भोलीको पहिलो सत्रको दि न्यू रोडम्याप अफ बिल्डिङ बिजिनेश एण्ड इन्टरप्रेनियरसीप इन नेपाल एफएनसीसीआईका उपाध्यक्ष एवं उद्यमी उमेशलाल श्रेष्ठ र फ्रेञ्चाइज इण्डियाका सम्पादक रितु मारियाले, दोस्रो सत्रको ह्वाट मेक्स नेपाल अ ग्रेट विजिनेश डेस्टिनेशन विषयमा क्लव हिमालयका अध्यक्ष एवं पर्यटन व्यवसायी योगेन्द्र शाक्य, हाभेल्स इण्डिया लिमिटेडका अध्यक्ष अनिल भैसन, गयाम मोटर्स वक्र्सका प्रमुख कार्यकारी राजा गयाम, बान्धाम होटल एण्ड रिसोर्टसका वरिष्ठ निर्देशक (विकास) गोविन्द मुन्द्राले, तेस्रो सत्रको विजिनेश अपरचुनिटिज इन रिटेल विजिनेश विषयमा खल्ती डटकमका सीईओ अमित अग्रवाल, डा.मिलानोका व्यवस्थापन निर्देशक शाहिल मलिक, लान्सकर्टका सहसंस्थापक अमित चौधरी, वेस्ट सेलर इण्डिका प्रताप स्वरुप, रिटेलले, चौथो सत्रमा विजिनेश अपरचुनिटिज इन लाइफस्टाइल एण्ड एक्सपेरियन्टल एण्ड सर्भिसेस विषयमा टूटलका सीइओ शिक्षित भट्ट, सियाराम शिल्क मिल्सका उपाध्यक्ष जसभिन्दर अरोरा, यूक्लिनका संस्थापक अरूनभ सिंहा, फ्रेञ्चाइज विजनेश ओपरेशनका क्षेत्रीय प्रमुख कपिलदेभ बुधराजाले सम्बोधन गरी आ आफ्नो व्यवसायिक अनुवभ आदानप्रदान गर्नेछन् । पाँचौ सत्रको यूसेयरिङ दी न्यू रिटेल एरा विषयमा बबरमहल रिभिजिटेडका अध्यक्ष विराट शम्शेर जवरा, क्लोभियाका प्रमुख कार्यकारि पंकज भर्मानीले संबोधन गरी आ–आफ्ना व्यवसायिक अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ । 

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ गते एक विशेष समारोहका बीच काठमाण्डौको होटल याक एण्ड यतिबाट समुद्घाटन गर्नेछन् । 

नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको आयोजकको भनाई छ। 

दुई दिनसम्म चल्ने सो कार्यक्रममा बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय ब्रान्डहरूले एक्सपोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन् । एक्सपोले व्यवसायमा सीधा र अप्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिहरूलाई सहभागी हुन समेत आकर्षित गर्नेछ भने व्यवसायिक संजाल विस्तार र लगानी आकर्षणमा समेत यो कार्यक्रम महत्वपूर्ण माध्यम बन्न सक्ने विश्वास प्रकट गरिएको छ । एक्सपोमा बिभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेशन, फुड र बिभेरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरू रहने छन् ।

सम्मेलनमा मुख्यतः अन्तराष्ट्रिय मार्केटमा आफ्नो विशिष्ट पहिचान बनाएका ब्रान्डहरूमा लगानी गर्ने रूची रहेका लगानीकर्ताहरूको सहभागिता हुनेछ।

एक्सपोमा नेपालबाट अग्नि ग्रुप, टीव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रीम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङग्रा) हाउस प्रा.लि. शभा नेपाल र श्रीजयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता रहनेछ । 

त्यसैगरी, भारतीय व्राण्डहरूमा नाइन कीड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतका रहने छन् । कार्यक्रममा दुवै देशका गरी करिव ६० वटा व्राण्डहरूले भाग लिनेछन् । 

सम्मेलनलाई विशेषगरि एक्सपो र कन्क्लेभ गरी दुई भागमा व्यवस्थापन गरिएको छ । जसअनुसार २ सय पचास इच्छुक व्यवसायी र लगानीकर्ता कन्क्लेभमा र करिब एक हजार एक्स्पोमा सहभागीे हुने लक्ष्य राखिएको छ ।

कार्यक्रमलाई अग्नी इन्कर्पोरेटेडले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सर टीव्रेवाला, गोल्ड स्पोन्सर मेरो घर जीएमआर, सिल्भर स्पोन्सर नेपाल एसवीआई र सीटीअफ ड्रीम्स, ब्रोन्ज स्पोन्सरमा साङ्ग्रीला चप्पल रहेका छन् । 

मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक एफएनसीसीआईका अध्यक्ष भवानी राणाले उद्यमशीलतामा ईच्छुक र व्यवसायीक अवसरहरूमा लगानी गर्न रूची भएका अन्तराष्ट्रिय ब्राण्डहरूसँग सहकार्यको अवसर खोजीरहेकाहरूका लागि ध्यानमा राखी महासंघले यो सम्मेलन आयोजना गरेको दाबी गरिन् ।