काठमाण्डौ । भोलिदेखि नेपाल पूर्ण रुपमा लकडाउनमा जाने भएको छ । 

भोलि बिहान ६ बजेदेखि लकडाउन सुरु गर्ने निर्णय भएको हो । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

भोलिबाट एकसातासम्म घरबाट बाहिर निस्किन समेत रोक लगाइएको छ । देशभर कुनै पनि सवारी साधन पनि चल्ने छैनन् । हवाई उडान समेत बन्द हुनेछ ।