काठमाण्डौ । भोलि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक हवाई उडान हुने भएको छ। 

आन्तरिक हवाई उडान संख्या घटाउने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वायुसेवा सञ्चालक संघबीच सहमति भएको हो। यो सहमतिसँगै अब भोलिदेखि आन्तरिक हवाई उडान २० मिनेटको अन्तरालमा हुनेछ। 

कोभिड–१९ को दोस्रो लहरको संक्रमण जोखिम न्यूनकरण गर्नका लागि यस्तो सहमति भएको हो। यो अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डभित्र पनि सामाजिक दूरी कायमलाई मुख्य प्राथमिकता दिँदै यस्तो सहमति भएको बुझिएको छ। 

कोरोनाबाट उत्पन्न विषम परिस्थितिकै कारण पछिल्लो समय हवाई यात्रु कम भएसँगै त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान संख्या घट्दै गएको छ।