काठमाण्डौ । दुई वित्तीय संस्था आपसमा गाभिएर बनेको सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि सोमबारदेखि धितोपत्र दोस्रो बजारमा आउने भएको छ।

साविकको नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सारथी नेपाल लघुवित्त बनेको हो। यी दुवै संस्था आपसमा १ः१ अनुपातमा गाभिएका हुन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मर्जर प्रक्रिया टुंग्याएर बनेको सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार ८२१ कित्ता सेयर आज आइतबार सूचीकरण सम्झौता भएको छ। योसँगै अब भोलि (सोमबार) बाट सारथी नेपाल लघुवित्तको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ। 

यसअघि मर्जरका लागि साविकको नयाँ नेपाल लघुवित्त कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का राखेको थियो।

साविकको सारथी लघुवित्तले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थिएन। अब छिटै सारथी नेपाल लघवित्तले एफपीओ निष्कासन गर्ने योजना रहेको जनाएको छ।