काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आमहड्तालको घोषणा गरेको छ। यस्तो अवस्था सेयर बजार खुल्छ कि खुल्दैन भन्ने द्विविधा पनि लगानीकर्तामा होला।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार अहिले धेरैजसो लगानीकर्ताहरुले अनलाइन प्रविधिबाटै कारोबार गरिरहेका कारण सेयर बजार खुलै रहने जनाएको छ। भोलि बिहीबार साताको अन्तिम धितोपत्र कारोबार गर्ने दिन हो। अहिले बजारमा लगानीकर्ताहरु हौसिएर लागेका छन्।  

संवैधानिक निकायहरुमा आफूखुसी नियुक्ति गरिएको भन्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आमहडतालको घोषणा गरेको हो।