काठमाण्डौ । यो साताको २ कारोबारमा करिब ११६ अंकले बढेको सेयर बजारमा आज तेस्रो कारोबारमा करिब १२ अंकको गिरावट भएको छ।
आज बजारले नेप्सेको दैनिक चार्टमा नै बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा छोएर रातो मारुबुजु क्यान्डल बनाएको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ।
यदि आगामी दिनमा पनि बजारमा करेक्सन आउँछ भने त्यो बोलिंगरको मध्य ब्यान्डसम्म आउन सक्छ। त्यो भनेको करिब १९१० सम्म हुन आउँछ। यदि बजार यो विन्दुभन्दा माथि–माथिबाट फर्किन्छ भने त्यो स्वाभाविक करेक्सन हुन आउँछ।
अघिल्लोपटकको आधार विन्दु १८५० देखि १९९८ सम्म फिवोनासी तानेर हेर्दा आज बजारले ०.२३ प्रतिशतको सपोर्ट १९६४को विन्दुमा लिएको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। यदि आगामी दिनमा यो सपोर्टलाई भत्काएर तल झर्छ भने बजारले ०.३८ प्रतिशतको सपोर्ट १९४२ को विन्दुमा, ०.५० को सपोर्ट १९२४ को विन्दुमा र ०.६१ को सपोर्ट १९०८ को विन्दुमा लिन सक्छ।
म्याक्डीमार्फत बजारलाई हेर्दा गत २६ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम पोजिटिभ र लामा–लामा नै भएका छन्। यसले बजार मजबुत नै रहेको बुझिन्छ।
दैनिक चार्टको आरएसआईमार्फत हेर्दा भने बजारले यसअघिको लगभग ६५ को विन्दुमै प्रतिरोध सामना गरेको देखिन्छ। समग्र तीनवटै इन्डिकेटरलाई मिलाएर हेर्दा बजारमा अल्पकालीन करेक्सन आएको बुझ्न सकिन्छ।
आज बजारमा अघिल्लो दिनको तुलनामा करिब ५० प्रतिशत नै भोलुम घटेको छ। आजको कारोबारमा पनि अन्तिम घन्टामा भोलुमसहित बजार घट्नुले केही बिक्री दबाब परेको बुझिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2 minutes ago
19 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago