काठमाण्डौ । नेपालका लागि भोल्सवागेन गाडीको आधिकारिक बिक्रीवितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्ट्यान्डर्डको फ्ल्यागसिप शोरुम खोलेको छ। 

कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको जनाएको छ।

नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरीचौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त शोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

शोरुम उद्घाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक बिजुक्छेले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौँ। यो शोरुमले ग्राहकलाई भोल्सवागेनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ।’ 

नयाँ शोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए। 

प्रमुख कार्यकारी अधिकृत बिजुक्छेका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनावमुक्त भई फ्री सर्भिसिङ र फ्री कन्ज्युएबल्स पाउनेछन्।  

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा भोल्सवागेनका गाडी बिक्रीवितरण गर्दै आएको छ। भोल्सवागेनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन्। जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ। नेपालमा भोल्सवागेनका १० भन्दा बढी शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन्।