काठमाण्डौ। मंगलम इन्डस्ट्रिजले प्रोड्रेन पाइपहरु बजारमा ल्याएको छ।
बजारमा प्रयोगको प्रकार अनुसार छुट्टा–छुट्टै किसिमको ड्रेन पाइपहरु उपलब्ध छन्। जस्तै भूमिगत जल निकासका लागि माटोको पाइप, फोहोर निकासका लागि बेग्लै पाइप, भेन्टिलेसनको लागि भेन्ट पाइप, वर्षाको पानी सङ्कलनको लागि डाउनस्पाउट पाइपको प्रयोग गरिन्छ।
मंगलम प्रोड्रेन पाइपहरु आईएसः१३५९२ अनुसार रिङफिट र सेल्फिट दुवैमा ‘टाइप ए’ र ‘टाइप बी’ गरी दुई फरक प्रकारमा उत्पादन छन्। ‘टाइप ए’का पाइपहरु भेन्टिलेसन र वर्षाको पानी संकलनमा प्रयोग गरिन्छ भने ‘टाइप बी’का पाइपहरु माटो र फोहोर निकासी अनुप्रयोगहरुका लागि प्रभावकारी हुन्छ। यी पाइप एकल सकेट र डबल सकेटका साथ विभिन्न लम्बाइ तथा विभिन्न आकारमा उपलब्ध छन्।
मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ। नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ। यसका सबै उत्पादन आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मंगलमको सीपीभीसी, पीभीसी र एचडीपीई पाइप आईएसओका साथसाथै नेपाल गुणस्तर (एनएस) चिह्न पनि प्रमाणित छन्।
यी उत्पादनहरु प्लम्बिङ पेसामा लागेका अनुभवी पेसाकर्मीहरुका साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ भएको मंगलमको विश्वास रहेको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago