काठमाण्डौ । विदेशी पर्यटकका लागि नेपाल अब मंसिरदेखि मात्र खुला हुने भएको छ।

यसअघि सरकारले आउँदो कात्तिकबाटै विदेशी पर्यटकलाई नेपाल खुला गर्ने तयारी गरेको थियो। तर अब केही स्वास्थ्य मापदण्ड परिवर्तन गरी विदेशी पर्यटकलाई मंसिरदेखि नेपाल खुला गर्न तयारी भइरहेकोसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले बताएका छन्।

विदेशी पर्यटकलाई नेपाल आएपछि अनिवार्य सात दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड परिवर्तन हुने ती अधिकारीको भनाइ छ। यसअघि सरकारले विदेशी पर्यटकलाई एक साता क्वारेन्टिनमा राख्ने निर्णयको थियो। 

विदेशी पर्यटकलाई सात दिन क्वारेन्टिनमा राख्ने सरकार निर्णयप्रति पर्यटन व्यवसायीहरुले आपत्ति जनाउँदै आएका छन्। सोही कारणले सरकारले यो निर्णय परिवर्तन लागेको बताइएको छ।