काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी ७९ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता आईपीओ आयोजना प्रभावित दोलखा जिल्लावासीलाई बिक्री खुला गरेको छ। यसमा आयोजनाबाट अतिप्रभावित दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ का लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित दोखलाको बिगु गाउँपालिकाका सबै वडाका लागि १ लाख १४ हजार कित्ता छुट्याइएको छ।
यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार कित्ता निष्कासन गरेको छ।
स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ २९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।
स्थानीयले भने छिटोमा माघ २९ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन १५ गतेसम्म बिक्री खुला गरिनेछ।
स्थानीयले दोलखास्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, दोलखास्थित सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, माथिल्ला सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, काठमाण्डौस्थित प्रभु क्यापिटल, लक्ष्मी बैंकको चरिकोट तथा सुनखानी शाखामा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।
यो हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago