काठमाण्डौ । एनबी इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको कमालको प्रगति गरेको छ । यो कम्पनीले खूद नाफामा एकसयभन्दा बढी प्रतिशतले प्रगति गर्दै २ करोड ५५ लाख कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा १ करोड २० लाखमा सीमित थियो । 

समीक्षा अवधिमा एनबी इन्स्योरेन्सले बिमा शुल्कबाट ८ करोड ९९ लाख आर्जन गरेको छ । 

अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ५१ लखमा सीमित थियो । यो कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आयमा ठूलो प्रगति भएको छ । अघिल्लो वर्ष १ करोड १० लाख रहेको यस्तो आय यो वर्ष बढर २ करोड २६ लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्ष ७ लाख ४४ हजारमा सीमित लगानी कर्जा तथा अन्यबाट हुने आय बढेर यो वर्ष ६४ लाख ५० हजारको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले १ करोड ९७ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीले ६० लाख ६१ हजार बराबरको मात्र दाबी भुक्तानी गरेको थियो । 

यो कम्पनीले यो अवधिमा व्यवस्थापन खर्चमा नियन्त्रण गर्न सकेन । यहीकारण अघिल्लो वर्षको यही अवधिमा १ करोड ५१ लख रहेको यस्तो खर्च बढेर यो वर्ष ३ करोड माथि पुुगेको छ । 

यस्तै, ११ हजार ६ सय ७३ मा सीमित जारी बिमालेखको संख्या समीक्षा अवधिमा बढेर १५ हजार ६ सय ९२ पुुगेको छ । 

एनबी इन्स्योरेन्सले बिमा कोषमा छलाङ मारेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो कोषमा ५ करोड ७९ लाख रहेकोमा यो वर्ष बढेर १० करोड ६३ लाख पुुगेको छ । 

कम्पनीले जगेडा कोषमा समेत उस्तै छलाङ हानेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४ करोड ८२ लाखमा सीमित जगेडाकोषमा समीक्षा अवधिसम्म ११ करोड ४९ लाख रुपैयाँ जम्मा भएको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२.०७ गुणा कायम भएको छ ।