काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडकी नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनीयताको सपश लिएकी छन्। 

नवनियुक्त अध्यक्ष घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन्। 

यसैबीच संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारणसभाले कुल २३.५० प्रतिशत लाभांश स्वीकृत गरेको छ। जसमा ५.५ प्रतिशत नगद र १८ प्रतिशत बोनस सेयर छन्। बोनस सेयर बाँडफाँडपश्चात संस्थाको चुक्तापुँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । 

सोही सभाबाट संस्थापक समूहका सेयरधनीहरुका तर्फबाट सञ्चालक पदमा यादव अधिकारी, रामहरि शर्मा र रविनराज देवकोटा र सर्वसाधारण सेयरधनीका तर्फबाट दिलमानसिंह चन्द निर्विरोध निर्वाचित भएका छन्।