काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म २०.९० प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा १४ करोड ३३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म संस्थाले सञ्चालन मुनाफाबापत ९ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १० करोड १ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म संस्थाले खुद ब्याज आम्दानीबापत ३० करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १९ करोड ६९ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले ७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

दोस्रो त्रैमासमा संस्थाको रिजर्भको आकार २८.७६ प्रतिशतले बढेर ३७ करोड ७४ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा २९ करोड ३१ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३.३९ रुपैयाँ, पीई रेसियो १५.०३ गुणा र प्रतिसेयर नेटवर्थ १४२.१० रुपैयाँ रहेको छ।