काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन सेयर बजारमा करिब ३२ अंकले बढोत्तरी आएको छ। आज पनि बजार खुलेदेखि नै बढेको थियो।
बजारमा अघिल्लो महिनाको अप्रिल १३ अर्थात करिब १ महिनापछि आज करिब डेढ अर्ब रुपैयाँको कारोबार भएको छ। यस हिसाबले आज बजारमा कारोबार तथा भोलुम दुवै बढेको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। (हेर्नुहोस् कालो एरो)
म्याक्डीमा पनि आज बुलिस क्रसओभर बनेको छ। आज हिस्टोग्राम पनि पोजेटिभ बनेको छ।
आरएसआई पनि ओभरबट जोन नजिकबाट फर्केर ५२ को तहमा पुगेको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा आज बजारले अल्पकालीन लगानीकर्ताका लागि प्राविधिक रुपमा खरिद कन्फर्मेसन दिएको बुझ्न सकिन्छ। योसँगै बुलिस पिनबार पनि भ्यालिड हुन पुगेको छ।
पिभटमार्फत हेर्दा आज १८७७ मा बन्द भएको बजारले नजिकको प्रतिरोध पिभट प्वइन्ट १८६५ लाई ब्रेक गरिसकेको छ। अब बढेमा भने बजारले क्रमशः १८९२, १९११ र १९३१ मा प्रतिरोधको सामना गर्न सक्छ।
त्यसैगरी बजारले घटेमा क्रमशः १८१८, १७९८ र १७७२ मा सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 minutes ago
41 minutes ago
50 minutes ago
55 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago