काठमाण्डौ । कारोबार खुल्दा सामान्य अंकले बढेको सेयर बजार आज अन्मितमा ३१ अंकले घटेर बन्द भएको छ।
प्राविधिक रुपमा डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर बजार झरेको छ। तर, अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी खुम्चियको देखिन्छ। यसले बजारले बाटो परिवर्तन गर्दै गरेको बुझिन्छ।
भोलुममार्फत हेर्दा आज बजार घट्दा भोलुम बढेको देखिन्छ। यो त्यति राम्रो भने होइन।
बजारलाई म्याक्डीमार्फत हेर्दा एमएसीडी लाइन र सिग्नल लाइनबीचको दूरी नजिक–नजिक हुँदै गएको छ। हिस्टोग्राम फिक्का र छोटा हुँदै गएका छन्। तर, बुलिस क्रसओभर भने हुन सकेका छैनन्।
आरएसआई ओभर सोल्ड जोन ३६ बाट फर्केर हाल ४१ को तहमा पुगेको छ। मनी फ्लो इन्डेक्सबाट हेर्दा भने बजार घट्दा पनि मनी फ्लो बढेको देखिन्छ। यसले बजार घट्दा भोलुम बढेको देखिन्छ।
पिभटमार्फत हेर्दा आज बजारले पिभट् प्वइन्ट २०४७ मा प्रतिरोध सामना गरेको छ। आगामी दिनमा घटेमा बजारले पहिला सपोर्ट २००० मा लिन सक्छ। त्यहाँबाट पनि तल गएमा बजारले दोस्रो सपोर्ट १९६७ मा लिन सक्छ। बढेमा भने बजारले क्रमशः २०४७, २०८० र २१२७ मा प्रतिरोध सामना गर्न सक्छ।
बजारलाई १ घन्टाको समयावधिमा हेर्दा आज मध्य ब्यान्डबाट तल झर्दै गरेको बजारले आगामी काराबारमा पनि केही बिक्री दबाब आउन सक्ने देखिन्छ। तर, मनी फ्लो इन्डेक्सबाट हेर्दा बजार घटे पनि भोलुम बढेकोले ठूलो करेक्सनको सम्भावना भने देखिँदैन।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago