काठमाण्डौ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा यही चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ।

केबुलकारको स्तरोन्नतिको पहिलो चरणअन्तर्गत बुल ह्विल बियरिङ नयाँ फेर्न तथा बुल ह्विल र अन्य मर्मतसम्भारका लागि ६ दिनका लागि केबुलकार सेवा गर्न गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। मर्मतसम्भारका लागि अस्ट्रेलियाको डोपेलमेयरबाट प्राविधिकहरु आउने र उनीहरुले मर्मतको काम गर्ने भएकोले केबुलकार सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ। 

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेस्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । 

मर्मतसम्भारपश्चात आगामी चैत ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुनेसमेत कम्पनलिे जनाएको छ।