काठमाण्डौ । यदि तपाइँ कम उमेरमै अधिक पैसा कमाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले छिटोभन्दा छिटो लगानी गर्न सुरु गर्नुपर्छ। बैंक खातामा बचत गरेर तपाइँ त्यति फाइदा हुँदैन, जति अन्य क्षेत्रमा लगानी गर्नुहुन्छ। त्यसैले अध्ययन र अनुसन्धान गरेर लगानीको क्षेत्र रोज्नुहोस् र लगानी लगाउनु होस्।
लगानी गर्नुअघि भने यी ३ टिप्सलाई अवश्य दिमागमा राख्नुहोस्। ता कि छिटो समयमै मनग्य कमाउन सकियोस्।
१. ऋणको बोझ हटाउनुहोस्
यो अतिआवश्यक छ कि सबैभन्दा पहिले तपाइँले ऋणको बोझ हटाउनुपर्छ। जागिरको सुरुआतमा ऋण कम हुन्छ वा ऋण नै लिइएको हुँदैन। तर यदि तपाइँको शिक्षा र अन्य कुनै आवश्यकताका लागि तपाइँका आमा–बुवाले ऋण लिनुभएको छ भने पहिला उक्त ऋण तिर्ने कोसिस गर्नुहोस्। यसले तपाइँले लगातार तिर्नुपर्ने साँवा र ब्याजको बोझ हट्नेछ। उक्त पैसा बचत पनि हुनेछ। यसको साथै तपाइँमाथि ऋण तिर्ने जिम्मेवारी पनि हट्नेछ अनि अन्य क्षेत्रमा लगानी गर्ने सोच पनि विकास हुनेछ।
२. लगानीको अवसर नछुटाउनुहोस्, कम पैसा भए पनि लगानी गर्नुहोस्
कतिपय मानिसले लगानीको अवसरलाई पछि गरौँला भन्ने टाल्छन् । कहिले तलब कम त खर्च बढीको बहाना बनाउँछन्। तर लगानीको अवसरलाई टाल्नु हुँदैन। थोरै पैसा भए पनि लगानी गर्नुपर्छ। यदि तपाइँ सेयर बजारबारे राम्रो जानकारी राख्नुहुन्छ भने आफूसँगको कमभन्दा कम पैसा सेयर बजारमा लगाउन सक्नुहुन्छ। यसो गर्दा तपाइँको बचतको पैसा जम्मा हुन्छ र लगानी गर्ने बानी पनि विकास हुन्छ।
३. लगानीसम्बन्धी आवश्यक जानकारी बढाउँदै लैजानुहोस्
प्रायः मिडियाहरुमा खबर आउँछ कि सेयरमा गरिएको लगानीले मात्र ३ महिनामै २०० प्रतिशतसम्म रिटर्न दियो। अर्थात उक्त सेयरको भाउ एक महिनामै दुईगणाले बढ्यो। तर मिडियामा आएका समाचारकै भरमा सेयर बजार भने प्रवेश नगर्नुहोस् । यदि तपाइँलाई सेयर बजारबारे राम्रो जानकारी छैन भने लगानी डुब्न पनि सक्छ। तपाइँले पत्ता लगाउनुपर्छ कि कुनै सेयरले यति कम समयमा किन यति अधिक रिटर्न दियो। यसका साथै तपाइँले यो बुझ्न आवश्यक छ कि अब उक्त सेयरले अझै रिटर्न दिन सक्छ कि अब घट्न थाल्छ।
त्यसैले आफ्नो जागिर वा व्यापारसँगसँगै आफूलाई लगातार अपडेट गर्दै जानुहोस् ता कि भविष्यमा कुनै नोक्सानी व्यहोर्नु नपरोस्। – एजेन्सी
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago