काठमाण्डौ। मन्जुश्री फाइनान्स लिमिटेडले डिजिटल बैंकिङलाई प्रभावकारी बनाउने उद्देश्यले क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ। 

फाइनान्सले आज बिहीबारबाट क्यूआर कोड भुक्तानीको सेवा सुरु गरेको हो। ग्राहकको सुविधाका लागि स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी आफ्नै मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेक नै १ लाख रुपैयाँसम्मको भुक्तानी लिन सक्ने फाइनान्सले जनाएको छ। 

यसै सिलसिलामा मन्जुश्रीले पहिलो क्यूआर कोड नयाँबानेश्वरस्थित ‘जय बाराही टे«डर्स’ लाई प्रदान गरेको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फाइनान्सले क्यूआर कोड सुविधा सुचारु गरेको हो।

फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोबाइल बैंकिङ, एटीएम कार्डलगायतका अन्य आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ।