काठमाण्डौ । आईटी क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले एकैपटक २०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ। 

एक महिनाअघि मात्रै माइक्रोसफ्टले १८०० जना कर्मचारी हटाउने घोषणा गरेको थियो र त्यसको एक महिनापछि कम्पनीले थप २०० कर्मचारीलाई हटाउने घोषणा गर्दैछ। 

यसपटक कम्पनीले ग्राहक केन्द्रित अनुसन्धान र विकास विभाग (आर एन्डडी विभाग) बाट कर्मचारीलाई निकाल्दैछ। कम्पनीले जागिर हटाउने घोषणा गरेपछि कम्पनीहरुमा जागिर लगाइदिने एजेन्टहरु प्रभावित भएका छन्।

माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइन पोस्टका अनुसार कम्पनीको यो निर्णयले एजेन्टहरुको काममा असर गर्न सक्छ। मन्दीको डरले कम्पनीले यस्तो निर्णय गरेको हो। 

गत महिनामात्रै कम्पनीले ‘संरचना समायोजन’ अन्तर्गत विभिन्न क्षेत्रका १ हजार ८०० कर्मचारीलाई अचानक जागिरबाट निकालेको थियो। कम्पनीले ‘रिअलाइनमेन्ट’ अन्तर्गत यो कदम चालेको र यसपछि पनि माइक्रोसफ्टले नयाँ कर्मचारी भर्ना जारी राखेको जनाएको छ तर अब एक महिनापछि कम्पनीले थप २०० कर्मचारीलाई निकालेको छ। –एजेन्सी