काठमाण्डौ । विश्व अर्थतन्त्रमा मन्दीको बढ्दो खतराका बीच अमेरिकादेखि चीनसम्मका कम्पनीहरुमा सुरु भएको कर्मचारीलाई जागिरबाट निकाल्ने प्रक्रिया अझै जारी छ।
मेटा (फेसबुक), ट्विटर र अमेजनजस्ता कम्पनीले आफ्नो वर्कफोर्समा ठूलो कटौती गरेका छन्। ट्विटरले फेरि एकपटक कर्मचारी कटौती गर्ने तयारी पनि गरहेको छ।
योसँगै कर्मचारी कटौती गर्ने कम्पनीको सूचीमा माइक्रोसफ्टको पनि थपिएको छ। दिग्गज टेक कम्पनीले विश्वव्यापी रुपमा आफ्ना १० हजार कर्मचारीलाई जागिरबाट हटाएको छ।
योसँगै स्विगीले पनि सयौँ कर्मचारीलाई बाहिरिने बाटो देखाएको छ।
टेक दिग्गज माइक्रोसफ्टले विश्वव्यापी रूपमा १०,००० कर्मचारीहरूलाई निकालेको छ। यो संख्या कम्पनीको कुल वर्कफोर्सको करिब ५ प्रतिशत हो।
नियामक फाइलिङमा साझा गरिएको जानकारीअनुसार यो कटौतीको कारण बृहत् आर्थिक अवस्थालाई उल्लेख गरिएको छ। कम्पनीका सीईओ भरतवंशी सत्य नडेलाले कर्मचारीलाई पठाएको नोटमा मार्चको अन्त्यसम्ममा निकालिने जानकारी दिएका छन्। माइक्रोसफ्टमा २ लाखभन्दा बढी कर्मचारी काम गर्छन्।
सन् २०२३ को सुरुआतमा ई–कमर्स कम्पनी अमेजनले आफ्ना कर्मचारीलाई ठूलो झट्का दिँदै हजारौँ कर्मचारी कटौती घोषणा गरेको थियो। प्रतिवेदनका अनुसार यो सूचीमा परेका व्यक्तिलाई जनवरी १८ बाट बर्खास्त गर्ने प्रक्रिया सुरु भएको छ।
यसैबीच बर्खास्त गरिएका धेरै कर्मचारीले सामाजिक सञ्जालमा आफ्ना समस्या पोखेका छन्। हालै बिजनेस टुडेमा प्रकाशित रोयटर्सको रिपोर्ट अनुसार अनलाइन रिटेलर अमेजनले विश्वव्यापी रुपमा १८ हजारभन्दा बढी कर्मचारीलाई हटाउने योजना बनाएको थियो।
ट्विटरको कमान्ड एलन मस्कको हातमा आएपछि त्यसमा ठूलो कटौती भएको थियो। सिनियर तहदेखि कनिष्ठ तहसम्मका पदाधिकारी र कर्मचारीलाई बाहिरको बाटो देखाइएको छ।
मस्क ट्विटरको मुख्यालयमा प्रवेश गर्नेबित्तिकै एकै झटकामा कम्पनीका करिब ५० प्रतिशत कर्मचारीलाई बर्खास्त गरिएको थियो। त्यसपछि कम्पनीमा काम गर्नेको संख्या ७ हजार ५ सयबाट घटेर ३ हजार ५०० पुग्यो। फेरि मस्क सक्रिय देखिएका छन् र सोसल मिडिया साइटबाट ५० कर्मचारी हटाउने योजना बनाइएको छ।
फेसबुकको मूल कम्पनी मेटाले पनि मन्दीको कारण गत वर्ष खर्च कटौतीको नाममा यस्तो छुटको तरवार चलाएको थियो। जसबाट ११ हजार कर्मचारीलाई बाहिरको बाटो देखाइएको थियो। कम्पनीले यति ठूलो मात्रामा कर्मचारीलाई बर्खास्त गरेको १८ वर्षमा पहिलो पटक हो। यसअघिको तथ्यांक हेर्दा कम्पनीमा झन्डै ८७ हजार कर्मचारी कार्यरत थिए। जसमध्ये १३ प्रतिशत कर्मचारी कटौती भएका छन्।
मन्दीको छायामा ठूला कम्पनीमा सुरु भएको लेअफको प्रक्रिया अमेरिकादेखि चीनसम्म जारी छ। गत वर्ष २०२२ मा नै चीनको ठूलो नाम अलिबाबाले आफ्ना ९ हजार २४१ भन्दा बढी कर्मचारीलाई बाहिरको बाटो देखायो। अब अलिबाबामा कुल कर्मचारीको संख्या २ लाख ४५ हजार ७०० रहेको छ। –एजेन्सी
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago