काठमाण्डौ । मर्जरपछि समता र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो वैशाख २ गतेबाट सुरु हुने भएको छ। 

दुवै लघुवित्त आपसमा गाभिएपछि बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो।

दुवै लघुवित्तको गत पुस १४ सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई अनुमोदन गरेको थियो। नेपाल राष्ट्र बैंकले भने गत चैत १० गते दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालयले गत चैत १९ गते दुवै वित्तीय संस्थाबीच भएको आपस सहमतिबमोजिम गाभिने संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व मर्जरपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाले सकार्ने तथा व्यहोर्ने गरी स्वीकृति प्रदान गरेको थियो।

एकीकृत कारोबारका लागि दुवै लघुवित्तको डाटा माइग्रेसन प्रयोजनका लाग यही चैत ३१ गते एक दिनका लागि दुवै वित्तीय संस्थाद्वारा आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने बताइएको छ।