काठमाण्डौ । इन्सटेन्ट म्यासेजिङ एप ह्वाट्स एपले आफ्ना प्रयोगकर्ताका लागि चाँडै नयाँ फिचर्स ल्याउने भएको छ।

खबरका अनुुसार वाट्स एपले मल्टी डिभाइस फिचर्समा काम गरिरहेको छ र यसका प्रयोगकर्ताले शीघ्र नै नयाँ फिचर्सको प्रयोग गर्न सक्नेछन्। यो फिर्चसको सहायताले प्रयोगकर्ताले एउटा ह्वाट्स एप अकाउन्टलाई अन्य चारवटा डिभाइसमा चलाउन सक्नेछन्। यसलाई चाँडो नै बिटा भर्जनका लागि पेस गरिने भएको छ। 

कम्पनीका तर्फबाट भने यसबारे कुुनै पनि आधिकारिक धारणा आएको छैन। तर चाँडो नै यो नया फिचर्स प्रयोगकर्तामाझ आउने विश्वास लिइएको छ। 

अहिले भने ह्वाट्सएपको एउटा अकाउन्टलाई अलगअलग डिभाइसमा प्रयोग गर्न सकिँदैन। यो एपले मल्टी डिभाइसलाई सपोट गर्ने गर्दैन। तर ड्युल एप वाला एन्ड्रोइड फोनमा एकसाथ दुुईवटा ह्वाट्सएप अकाउन्ट चलाउने भने सकिन्छ। यसका साथै ह्वाट्सएपले सर्च फिचर पनि ल्याउने भएको छ। 

यो नयाँ फिचर्सका माध्यमबाट मितिका आधारमा कुुनै पनि पुुरानो म्यासेजलाई सर्च गर्न सकिनेछ। – एजेन्सी