काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था) ले संस्थापक समूहको साढे १७ लाख बढी कित्ता सेयर आज शुक्रबारबाट लिलामीमार्फत बिक्री खुलाएको छ। 

संस्थाले गत वर्ष असार २३ गतेदेखि भदौ ९ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा बिक्री नभएको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामी सेयरमा कम्पनीका संस्थापक सर्वसाधारण र कानुबमोजिम योग्य संस्था वा कम्पनीले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिने सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

धितोपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले क्यापिटलको काठमाण्डौ सुन्धारास्थित कार्याल्य वा मल्टीपर्पस फिनान्सको सप्तरी राजविराजस्थित केन्द्रीय कार्यालय तथा सिभिल बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत), धनगढी, बिर्तामोड, जनकपुर, हेटौँडा, नारायणगढ र घोराहीमा पनि आवेदन दिन सक्नेछन्।

बोलपत्र माघ २ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।