काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असार ६ गते वार्षिक साधारणसभा डाकेको हो। सभा सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने अर्को विशेष प्रस्ताव पनि सभाबाट पारित हुनेछ। 

यी दुवै प्रस्ताव नियामाक निकायहरुबाट स्वीकृति गराउन र केही संशोधन गर्नुपर्ने भए सोसमेत गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रयोजन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सोही सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब जेठ २३ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।